एमालेले १४ सांसदलाई संसदमा सहभागी हुन नदिने भएपछि रणनीति बनाउँदै सत्तारुढ गठबन्धन | Khabarhub Khabarhub

एमालेले १४ सांसदलाई संसदमा सहभागी हुन नदिने भएपछि रणनीति बनाउँदै सत्तारुढ गठबन्धन

सिंहदरबारमा बैठक जारी


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले संसदमा आक्रामक बन्ने भएपछि सत्तारुढ गठबन्धनले त्यसविरुद्ध रणनीति बनाउन बैठक बोलाएको छ । एमालेको बुधबार बसेको संसदीय दलको बैठकले आफूले कारबाही गरेका १४ जना सांसदहरु बैठकमा सहभागी बैठक चल्न नदिने बताएपछि सत्तारुढ गठबन्धले बैठक बोलाएको हो ।

सिंहदरबारमा अहिले गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

यो बैठकले बुधबार ४ बजे बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सो दलका १४ जना सांसद बैठकमा उपस्थित भए बैठक चल्न नदिने बताएको हो । संसद नियामवली अनुसार संसदको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको सम्भवित कार्यसूचीमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची बनाएको छ । तर, एमालेले सो अध्यादेश र सभामुख अग्नि सापकोटाविरुद्ध पनि आक्रामक बन्ने बताएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४७ बजे

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– कमलामाई कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा 

काठमाडौं– नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा 

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

काठमाडौं – लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप