एमालेकाे विरोधप्रति सभामुख सापकोटाकाे आक्रोश « Khabarhub

एमालेकाे विरोधप्रति सभामुख सापकोटाकाे आक्रोश


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार सुरु भएको संसदको पहिलो बैठकमै एमाले सांसदहरुले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको विरोध गरे ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए । प्रतिनिधिसभाको बैठकको सुरुमै सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमालेका सांसदहरू उठेर नाराबाजी गर्न थाले ।

त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक भट्टराईले आफ्नो भनाइ राख्नेक्रममा एमाले विभाजन गर्न सभामुख सापकोटा मतियार बनाएको आरोप लगाए । उनले एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै एमाले विभाजनमा सभामुखले सहयोग गरेको आरोप लगाए । यतिपछि उनले यो विषयमा प्रष्ट नपारेसम्म संसद बैठक चल्न नदिने बताए ।

त्यसपछि एमाले सांसदहरु आ आफ्नो ठाउँबाट उठेर नाराबाजी सुरु गरे । एमाले सांसदहरु नाराबाजीमा लागिरहेका बेला सभामुख सापकोटाले भने १४ जना सांसदमाथि कारबाहीको सूचना किन नटासिएको हो भन्ने विषयमा प्रतिनिधिसभा नियामवली पढेर सुनाए । तर एमाले सांसदहरुले सभामुखको कुरा सुनेन् । त्यतिबेलासम्म नम्र देखिएका सभामुख सापकोटा एकाएक जंगिए । उनले आक्रोशित भएर भने, ‘माननयि सांसदहरु नियामवलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु । संसदको मर्यादा ख्याल गर्नुहोस् ।’

सभामुखले प्रनिनिधिसभा नियामवलीको नियम २१ को खण्ड ख र ग ध्यानाकर्षण गराएका थिए । नियम २१ को खण्ड ख मा लेखिएको छ, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने ।’ यस्तै ग मा ‘सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने’, लेखिएको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ मा यस्तो छ व्यवस्था

तर एमाले सांसदहरु उठिरेपछि सभामुख सापकोटाले १५ मिनेका लागि बैठक स्थगित गरे ।

एमाले सांसदको नाराबाजीपछि सभामुखले बुधबारको बैठकको कार्यसूचीसमेत पेस गर्न पाएनन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३९ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै