एमालेलाई सभामुख सापकोटाको जवाफ : प्रचलित कानून अनुसार निर्णय लिएको हुँ | Khabarhub Khabarhub

एमालेलाई सभामुख सापकोटाको जवाफ : प्रचलित कानून अनुसार निर्णय लिएको हुँ


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जवाफ मागेको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेवित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न गरे, ‘सभामुखज्यू, एमालेले कारबाही गरेका सांसदको पद जोगाउन र एमाले पार्टी फुटाउन किन मतियार बन्नुभयो । यसको जवाफ चाहन्छौं ।’

भट्टराईले दल विभाजनका लागि नामै नभएका ६ जना र कारबाही गरेका १० सांसदलाई समेटेर नयाँ पार्टी बनाएको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखे । ‘नियम कानूनविपरीत प्रतिपक्षलाई तल पार्न, हेप्न खोज्छ भने एमाले चुप लागेर बस्दैन । जवाफ नपाएसम्म संसद चल्न दिँदैनौं ।’

सभामुखले म जवाफ दिन तयार छु भन्दै बोले । उनले माधव नेपालसहित १४ सांसदको कारबाही सिफारिसबारे प्रचलित कानुनका आधारमा निर्णय लिएको बताए । थप जवाफ दिन अदालतले रोक्ने बताए । ‘कारबाही निर्णयको विषय हाल अदालतमा विचाराधीन छ । अदालतमा भएको कुरा बोल्न बन्देज छ,’ सापकोटाले भने ।

सभामुखको यो जवाफमा एमालेले चित्त बुझाएनन् । सांसदहरु रोस्टमतिर अघि बढेर नाराबाजी गर्न थाले ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ५५ बजे

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत

विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?

काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन

काठमाडौं– महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत