फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक | Khabarhub Khabarhub

फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेको लगातार अवरोधपछि बुधबार प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक पहिलो पटक एमाले सांसदको नाराबाजीपछि स्थगित भएको थियो ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब २० मिनेटपछि सुरु भएको थियो । तर दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी जारी रहेपछि सभामुख अग्नि सापकोटाले बुधबार दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले सहयोगीको भूमिका खेलेको भन्दै एमालेले सभामुखको विरोध गरिरहेको छ । तर, सापकोटाले आफूले कानून अनुसार निर्णय लिएको बताएका छन् ।

एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि आफूलाई मागहरु ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न रुलिङ गरेका थिए । एमाले सांसद भने रोकिएनन् । त्यसपछि बैठक पुनः स्थगित गरिएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : २० बजे

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– कमलामाई कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा 

काठमाडौं– नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा 

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

काठमाडौं – लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप