सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू ! « Khabarhub

सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू !


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुवास नेम्वाङ एमाले संसदीय दलका उपनेता हुन् । संसदीय दलको उपनेता हुनुभन्दा अगाडि नै उनी संविधान सभाको अध्यक्ष पनि भए ।

पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष भएका नेम्वाङले व्यवस्थापिका संसद बैठकमा सभामुखको पनि भूमिका निभाए । उनकै पालामा संविधान सभाका सदस्यरूले बैठक कक्षका टेवुल, कुर्सी र माइकहरू भाँचेका थिए ।

संविधान सभा सदस्य तथा सांसदहरूको कयौँ अवरोध झेलेका नेम्वाङले भन्ने गर्थे, ‘माननीय सदस्यज्यूहरू बस्नुस् । तपाइँहरुको कुरा मैले सुनेँ ।’

तर, बुधबार उनै नेम्वाङ संसदको रोष्टम अगाडि उभिएर सभामुखविरुद्ध नाराबाजी गरे । सँगै रहेका आफ्नो पार्टीका सांसदहरुलाई पनि उनले नाराबाजीमा सहभागी हुन आग्रह गरे ।

बुधबार संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरेका छन् । एमालेकै सांसदहरूको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका छन् । न्युज कारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ