सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू ! « Khabarhub

सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू !


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुवास नेम्वाङ एमाले संसदीय दलका उपनेता हुन् । संसदीय दलको उपनेता हुनुभन्दा अगाडि नै उनी संविधान सभाको अध्यक्ष पनि भए ।

पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष भएका नेम्वाङले व्यवस्थापिका संसद बैठकमा सभामुखको पनि भूमिका निभाए । उनकै पालामा संविधान सभाका सदस्यरूले बैठक कक्षका टेवुल, कुर्सी र माइकहरू भाँचेका थिए ।

संविधान सभा सदस्य तथा सांसदहरूको कयौँ अवरोध झेलेका नेम्वाङले भन्ने गर्थे, ‘माननीय सदस्यज्यूहरू बस्नुस् । तपाइँहरुको कुरा मैले सुनेँ ।’

तर, बुधबार उनै नेम्वाङ संसदको रोष्टम अगाडि उभिएर सभामुखविरुद्ध नाराबाजी गरे । सँगै रहेका आफ्नो पार्टीका सांसदहरुलाई पनि उनले नाराबाजीमा सहभागी हुन आग्रह गरे ।

बुधबार संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरेका छन् । एमालेकै सांसदहरूको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका छन् । न्युज कारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ४१ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव