एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाए ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।”

उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई भदौ ९ गते दर्ता भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ३० बजे

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय