अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् ।

कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।”

तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरेका थिए । तर उनीहरुले कामचलाउ सरकार बनाएको भोलिपल्ट नै प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना शुरु भएको छ ।

अन्तर्राष्ट्रिय विभिन्न निकायहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उलङ्घन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् ।

केन्द्रीय राजधानी कब्जा गरेपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन सातापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ४५ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको