‘ट्रम्प इरानविरुद्ध युद्धको पक्षमा छैनन्’ « Khabarhub

‘ट्रम्प इरानविरुद्ध युद्धको पक्षमा छैनन्’


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धको चाहना नभएको जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना सुरक्षा अधिकारीसँगको छलफलमा इरानसँग युद्ध गर्ने चाहना नभएको बताएका हुन् ।

छलफलमा सहभागी राष्ट्रपतिका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार युद्धको चाहना नभएपनि मध्यपूर्वमा इरानको खतराबाट अमेरिकी हित रक्षाका लागि भने कुनै कसर बाँकी नराखिने ट्रम्पको भनाइ छ ।

त्यस्तै, बेग्लै कार्यक्रममा राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध नै हुने आशा नरहेको जनाएका छन् । स्विट्जरल्याण्डको संघीय परिषद्का प्रमुख उलेइ मररसँगको भेटवार्ताका क्रममा इरानविरुद्ध युद्ध हुने आशा नगरिएको जनाएका हुन् ।

भेटवार्तापछि पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले सोधेको ‘के अब इरानविरुद्ध युद्ध नै होला त ?’ भन्ने प्रश्नको जवाफमा ‘आशा गरौं त्यस्तो हुनेछैन’ भन्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १ : ५८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष