बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह « Khabarhub

बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै जननायक बीपी कोइरालाले देखेको सपना पूरा गर्न सक्ने बताएका छन् ।

बीपीको १०८औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै नेता सिंहले कोइरालाले देश र जनताका लागि पुर्‍याएको योगदानको स्मरण पनि गरेका छन् ।

कांग्रेसको महाधिवेशन समयमा नै पूरा गर्नु पर्ने चुनौती रहेको बताउँदै सिंहले भनेका छन्, ‘बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक बीपीले देखेका सपना पूरा गर्न सकिने छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु ।’

कांग्रेसका संस्थापक नेता कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : ३५ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख