शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो « Khabarhub

शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस मनाउन गरेको प्रस्ताव करिब सात महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।

मन्त्रालयले दुई वटा विकल्पसहित प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ ।

तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार तीनधारा संस्कृत पाठशाला स्थापना भएको दिन र राणाकालीन कानून (इस्तिहार) जारी भएको दिन मध्ये कुनै एक दिन शिक्षा दिवस मनाउने प्रस्तावसहित शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । तर हालसम्म प्रधानमन्त्री कार्यालयबाट शिक्षा दिवसको विषयमा कुनै प्रतिक्रया आएको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्ताबमा निर्णय गर्ने बताए पनि मिति टुङ्गो लगाउन सकिएको थिएन । २०३१ साल फागुन १२ गते तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको अवसर पारेर सो मितिमा शिक्षा दिवस मनाउन थालिएको थियो ।

शिक्षा मन्त्रालयका अनुसार २०६२/६३ को आन्दोलनपछि २०६३ साल फागुन १२ गते शिक्षा दिवस मनाइएन र त्यसलाई २०६४ सालको अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउने निर्णय गरिएको थियो ।

सोही अनुरुप हरेक सेप्टेम्बर ८ अर्थात् भदौ २३ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा पनि मनाउन थालिएको थियो । गत वर्ष तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले साक्षरता दिवस र शिक्षा दिवस एकै दिन मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयन गर्ने निर्णय गरेपछि अहिले शिक्षा दिवस मनाइएको छैन ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : १२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका