महामन्त्रीको उम्मेदवार बन्ने विश्वप्रकाश शर्माको घोषणा « Khabarhub

महामन्त्रीको उम्मेदवार बन्ने विश्वप्रकाश शर्माको घोषणा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।

आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।

उम्मेदवारी घोषणा नगरे पनि डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, डां प्रकाशसरण महतलगायतको पनि महामन्त्रीमा चर्चा छ । आगामी मंसिर ९ देखि १३ सम्म कांग्रेस महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : २० बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी