प्रधानसेनापति शर्माले कार्यभार सम्हाले « Khabarhub

प्रधानसेनापति शर्माले कार्यभार सम्हाले


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् । सैनिक मुख्यालय जंगी अड्ड्मा उनले कार्यभार सम्हालेका हुन् ।

बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ३ : ०३ बजे

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी