बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच छलफल | Khabarhub Khabarhub

बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच छलफल


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ ।

लन्डनस्थित नेपाली राजदूतावासमा रक्षा मन्त्री बेन वालेस, रक्षाराज्य मन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा भूपू गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल र बेलायत सरकारबीच डिसेम्बरदेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको टर्मस् अफ रिफ्रेन्स एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको छ ।

बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बीजीडब्लूएसका अध्यक्ष टिकेन्द्र दल देवान, एनइएसएका अध्यक्ष केशबहादुर गुरुङ्ग, गोर्खा पेन्सन इनजस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ्ग, यूबीजीएनका अध्यक्ष राम राईको उपस्थिति थियो ।

त्यसैगरी आमरण अनशनमा बसेका गोरखा सत्याग्रहका प्रतिनिधिहरु ज्ञानराज राई, पुष्पा राणा घले, धन बहादुर गुरुङ्ग, गोरखा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ्ग एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्‍नबहादुर गोदार पनि सहभागी थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ३ : ५३ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा