कसले गर्‍यो विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक ? « Khabarhub

कसले गर्‍यो विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक ?


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा मे ३० देखि १३ औं संस्करणको विश्व कप क्रिकेट आयोजना हुँदैछ ।

इङग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि सहभागी टीमले १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

१२ औं संस्करणसम्म आइपुग्दा विभिन्न कीर्तिमानीहरु बनेका छन् । कसैको नाममा धेरै रन प्रहार गर्ने खेलाडीको किर्तिमानी रहेको छ भने कसैकोमा धरै विकेट लिने ।

यस्तै, विश्वकप क्रिकेटमा सबैभन्दा पहिलो ह्याट्रिक गर्ने खेलाडीको हुन् त ? क्रिकेटलाई फलो गर्ने धेरैलाई यो विषय जानकारी नहुन सक्छ । एकदिवसिय विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक पुरा गर्ने खेलाडीको किर्तिमानी भारतका चेतन शर्माको नाममा छ ।

उनले सन् १९८७ को पाकिस्तान र भारतमा आयोजना भएको विश्वकपका दौरान न्युजिल्यान्डविरुद्ध ह्याट्रीक गरेका थिए । उनले खेलको ४२ औं ओभरमा न्युजिल्यान्डका केन रुथरफोर्ड, इआन स्मिथ र इवेन च्याटफिल्डको विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ०३ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)