नयाँ 'लुक्स'मा देखिए कोरियाली नेता किम | Khabarhub Khabarhub

नयाँ ‘लुक्स’मा देखिए कोरियाली नेता किम


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन् ।

लामो समयपछि सार्वजनिका कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो । पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ । एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । उनले अस्वभाविक तौल घटेको एक दक्षिण कोरियाली सांसदले समेत बताएका छन् ।

हल्का खैरो र सेतो रंगको सुट लगाएका किम सो कार्यक्रममा केही बोलेनन् । मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिभादन गरेका थिए । अत्यधिक चुरोट पिउने र शारीरिक रुपमा भद्दा किमको ‘लुक्स’ पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ ।

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिंदा किमको टाउको पछाडिको भागमा ब्यान्डेज टाँसिएको थियो । उनी गम्भीर बिरामी परेको हुनसक्ने अनुमान गरिएको थियो । उनको हातको नाडिमा सुई लगाएको दाग देखिएको थियो । किमको मुटुको शल्यक्रिया भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका थिए । उनको वंश नै ह्यदयाघातबाट पीडित छ ।

सैन्य परेडमा यसअघि जस्तो नयाँ हतियार प्रदर्शन र आणविक शक्तिको रबाफ देखिदैनथ्यो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : १६ बजे

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं– आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न

ओलीले भने- चिनियाँ राष्ट्रपतिलाई लिपुलेक नेपालको भूमि हो भनेर प्रष्टसँग सम्झाएको छु

ललितपुर– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूले

निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण 

काठमाडौं– निजामती सेवा दिवस–२०८२ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

टोकियो- एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर

सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले