अध्ययन भन्छ: पृथ्वीको तापक्रम बृद्धिसँगै जनावर र चराचुरुङ्गिको आकार पनि बढ्न थाल्यो « Khabarhub

अध्ययन भन्छ: पृथ्वीको तापक्रम बृद्धिसँगै जनावर र चराचुरुङ्गिको आकार पनि बढ्न थाल्यो


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वातावरण होस वा नयाँ कार्य क्षेत्र जे भए पनि परिवर्तित परिस्थिति स्वीकार्नु अस्थित्वको महत्वपुर्ण विशेषता हो । बढ्दो तापका कारण मान्छे मात्र होइन जनाबर र कुनै बेला बोटबिरुवा पनि अवस्थाअनुसार आफ्नो स्वभाव बदल्छन् । समग्रमा पर्यावरण नै परिवर्तन हुन्छ । वैज्ञानिकहरुको एउटा पछिल्लो अनुसन्धानले पनि यसलाई थप पुष्टि गरेको छ ।

अध्ययनअनुसार केही जनाबरले आफ्नो आकार बदल्छन् र विश्वव्यापी तापमानसँगै उनीहरुको शरीरको अंग पनि वतावरण अनुकूलिन हुन्छन् । जस्तैः परिवर्तित वातावरणमा बाँच्नका लागि कुनै जनाबरको पुच्छर लामो हुन्छ भने केही चराको चुच्चो तथा कानको संरचना बदलिन्छ ।

वैज्ञानिकका अनुसार शरिरको ताप प्रभावकारी ढंगले फाल्न चराचुरुङ्गी र जनाबरका शरिरका अंगमा बृद्धि भइरहेको छ । जलवायु परिवर्तनले जनाबरमा पनि अत्यधिक चुनौती थपेको अस्ट्रेलियाको डिकिन विश्वविद्यालयका प्राध्यापक सारा राइडिङ बताउँछिन् । ‘जनावरले पनि वातावरण परिवर्तन स्विकार्दै बाँच्नुपर्छ । छोटो समयमा नै यस्तो परिवर्तन देखिएको छ,’ उनी भन्छिन् ।

ट्रेन्ड्स इन इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित सो अध्ययनले आकार परिवर्तनका घटनामा जलवायुको ताप लुकेको हुन सक्ने यसअघिको अनुसन्धानलाई समिक्षासमेत गरेको छ । बढ्दो तापका कारण विशेषगरी चरामा यस्तो परिवर्तन देखिने यसअघिको अनुसन्धानले देखाएको थियो ।

अनुसन्धानकर्ताहरुको विश्लेषण चरा र पंक्षीको आकार र विशेषतासँग मिल्छ । जस्तैः सन् १८७१ पछि अस्ट्रेलियाको सुगाको औषत आकार चार देखि दश प्रतिशतसम्म बृद्धि भएको थियो । बर्सेनि तापक्रममा बृद्धिसँगै आकार बढेको अनुसन्धानकर्ता बताउँछन् ।

उत्तर अमेरिकाका अन्य चराहरु जस्तैः काला आँखा भएको जुन्कोस, थ्रसेस र गालापागोसको पनि चुच्चोको आकार बढेको छ । त्यस्तै, गोलो पात जस्तो कान भएको चमेरो (राउण्ड लिफ ब्याट) को आकार बढेको छ । युरोपेली खरायोको कान झनै बढेको छ भने मास्क्ड स्रिउ प्रजातिको मुसोको पुच्छर र खुट्टा बढेको छ ।

तर, आकार परिवर्तनले जनाबरहरु जलवायु परिवर्तसँग संघर्ष गरेको भन्ने अर्थ नलाग्ने राइडिङको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ४८ बजे

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस