तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ « Khabarhub

तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ ।

तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे ।
‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने ।

यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, गालीग्लौज र दुव्र्यबहार गरेको रोयर्टसले जनाएको थियो । ‘अफगान जनताका लागि आवश्यक काम राष्ट्रसंघले गर्न सक्दैन किनकी हाम्रा कर्मचारीमाथि तालिवान लडाकुले अनावश्यक त्रास र धम्की दिएका छन,’ लायन्सले भने ।

तालिवानले मानिसको अधिकारको सम्मान गर्ने पश्चिमा मुलुकलाई बताए पनि उनीहरुले बारम्बार दुव्र्यबहार गरेको विवरण सार्वजनिक हुने गरेका छन् । राष्ट्रसंघका कर्मचारीमाथिको दुर्व्यवहारबाट आफू आक्रोेशित भएको अमेरिकी कूटनीतिज्ञ जेफ्री डीलाउरेन्टिसले भने ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ११ : ४० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले