देउवालाई पौडेलको ध्यानाकर्षण : अधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस् | Khabarhub Khabarhub

देउवालाई पौडेलको ध्यानाकर्षण : अधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस्


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा पार्टीको महाधिवेशनमा राज्यको पुलिस प्रशासनको दुरुपयोग हुन नदिन ध्यानाकर्षण गराएका छन् । पौडेलले देउवालाई भेटेर ध्यानाकर्षण गराएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच आज वडा तहको अधिवेशन भइरहेको छ । जबकि कांग्रेस जिल्ला समितिले अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो । यही सन्दर्भलाई लिएर पनि पौडेल समूह देउवालाई भेट्न बालुवाटार पुगेको हो ।

नेता पौडेलले आफूहरूले सभापति देउवाको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस्, पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं,’ पौडेलले फेसबुकमा लेखेका छन्

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : ४८ बजे

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको