कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित « Khabarhub

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित


२५ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ ।

सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेज गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए ।

सो रिटको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा पेसी चढेको थियो । तर, रिट निवेदक शाक्यकै कानुन व्यवसायीको निवेदनमा शुक्रबारको सुनवाइ स्थगित गरिएको छ ।

यसअघि ८ भदौमा प्रधानन्यायाधीश जबराकै एकल इजलासले कुलमानलाई नियुक्ति गर्ने निर्णयसहितका मिसिल झिकाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ०६ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो