विवाद समाधान नगरी डडेल्धुरामा वडा अधिवेशन गरेपछि पौडेलको आपत्ति | Khabarhub Khabarhub

विवाद समाधान नगरी डडेल्धुरामा वडा अधिवेशन गरेपछि पौडेलको आपत्ति


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । उनले पार्टी इतिहासमै आन्तरिक निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग भएको भन्दै लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् ।

पौडेलले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।

‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र (तर व्यवहार अलोकतान्त्रिक),’ पौडेलले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’

डडेल्धुरामा जिल्लाबाट सिफारिस गरिएका व्यक्तिलाई सदस्यता नदिएको तर केन्द्रबाट सिधै क्रियाशील सदस्यता दिएको भन्दै जिल्ला सभापति कर्ण मल्लले विरोध जनाउँदै आएका छन् । डडेल्धुराको विषयलाई लिएर उपसभापति विमलेन्द्र निधिले पनि सभापति देउवालाई पत्र लेखेरै शुक्रबारको वडा अधिवेशन रोक्न माग गरेका थिए ।

संस्थापनइतर समूहका नेताहरू कांग्रेसको अधिवेशनमा प्रहरी प्रशासनको हस्तक्षेप रोक्न भन्दै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । पौडेल नेतृत्वको टोलीमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, जीवन परियारले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ३३ बजे

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ

इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया