एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेश | Khabarhub Khabarhub

एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेश


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका थिए । अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।

दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।

त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ४१ बजे

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ

इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया

फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स

काठमाडौं – दक्षिण भारतीय नायिका रश्मिका मन्दन्नाको अभिनय रहेने ‘मैसा’ले

मदन भण्डारी ७४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा