एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो) « Khabarhub

एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो)

प्रेम सुवाल र सभामुख सापकोटाबीच सवालजवाफ


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।

त्यसपछि पनि एमाले सांसदहरुको नाराबाजी जारी रह्यो । तर, अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरे । सभामुख अग्नि सापकोटाले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई निर्णार्थ पेश गरे । ध्वनी मतले सो प्रस्ताव पारित गरियो ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने अध्यादेश पनि पेश गरे । उनको यो प्रस्ताव पनि एमालेको नाराबाजीकै बीच ध्वनी मतले पारित गरिएको छ । विनियोजन अध्यादेश पनि एमाले सांसदको विरोधबीच पारित गरिएको छ ।

यसअघि यी तीन अध्यादेशमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राख्ने कार्यसूची थियो । तर, एमाले सांसदको नाराबाजीका कारण सुवालले रोष्टमा गएर आफ्नो प्रस्ताव पेश गर्न पाएनन् ।

उनले सभामुख सापकोटासँग रोष्टममा गएर प्रस्ताव पेश गर्ने वातावरण बनाउन आग्रह गरे । तर सभामुखले यथास्थानबाटै प्रस्ताव पेश गर्न रुलिङ गरे । सांसद सुवालले रोष्टमको व्यवस्था गर्न बारम्बार आग्रह गरे । तर सभामुखले फेरि यथा स्थानबाटै विरोधको प्रस्ताव पेश गर्न भने । यसपछि भने सांसद सुवालले अघिल्ला दुईवटा प्रस्ताव पेश नै गरेनन् ।

तेस्रो अध्यादेश विनियोजन अध्यादेशमा भने उनले यथा स्थानबाटै प्रस्ताव पेश गरे । उनले समय धेरै लिएकाले उनको माइक काटिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : २८ बजे

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित