बिरामीलाई मृत्युको मुखमा पुर्‍याएर ‘वीरतापूर्वक’ उपचार गर्ने डाक्टर, ९ जनाको हत्या गरेको खुलासा « Khabarhub

बिरामीलाई मृत्युको मुखमा पुर्‍याएर ‘वीरतापूर्वक’ उपचार गर्ने डाक्टर, ९ जनाको हत्या गरेको खुलासा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– फ्रान्सका एक चिकित्सकमाथि ९ जना बिरामीको हत्या गरेको अभियोग लागेको छ । पूर्वी शहर बेसानकनमा एनेस्थेसिस्ट अर्थात् बिरामीलाई बेहोस पार्ने काममा संलग्न चिकित्सक डा. फ्रेडरिख पेचियरलाई ९ जना बिरामीको हत्या गरेको अभियोग लागेको हो ।

उनले बिमारीलाई बेहोस पार्ने क्रममा विष दिने गरेको र यसबाट बिमारी मृत्युको मुखमा जाने गरेका थिए । त्यसपछि ती चिकित्सकले ‘वीरतापूर्वक’ उपचार गरी बिमारीलाई मुत्युको मुखबाट फर्काउने गरेका थिए ।

अधिकारीहरुले छानबिन गरेका ६६ मध्ये २४ शंकास्पद उपचारमा चिकित्सकले बिमारीलाई पोटासियम क्लोराइड नामक खतरनाक पदार्थ दिएका थिए । पोटासियम क्लोराइडले मानिसलाई हृदयघात गराउने बताइन्छ ।

पोटासियम क्लोराइड दिएको बिरामीलाई हृदयघात भएपछि मृत्युको मुखमा पुग्ने गरेको र त्यसपछि ती चिकित्सकले बिरामीलाई ‘वीरतापूर्वक’ बचाउने गरेका थिए । तर, उनको यस्तो कर्तुत ९ पटक असफल भएपछि बिमारीको मृत्यु भएको थियो ।

चिकित्सक मनोवैज्ञानिक रुपमा समस्यामा रहेको हुनसक्ने आशंका गरिएको छ ।

ती चिकित्सकले भने आफूले काम गर्ने अस्पतालमा आपराधिक घटना हुने गरेको भएपनि आफू त्यसमा संलग्न नरहेको बताउँदै आएका छन् । यस अभियोगमा दोषी पाइए उनलाई आजीवन कारावासको सजायसम्म हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ४१ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन