बिरामीलाई मृत्युको मुखमा पुर्‍याएर ‘वीरतापूर्वक’ उपचार गर्ने डाक्टर, ९ जनाको हत्या गरेको खुलासा « Khabarhub

बिरामीलाई मृत्युको मुखमा पुर्‍याएर ‘वीरतापूर्वक’ उपचार गर्ने डाक्टर, ९ जनाको हत्या गरेको खुलासा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– फ्रान्सका एक चिकित्सकमाथि ९ जना बिरामीको हत्या गरेको अभियोग लागेको छ । पूर्वी शहर बेसानकनमा एनेस्थेसिस्ट अर्थात् बिरामीलाई बेहोस पार्ने काममा संलग्न चिकित्सक डा. फ्रेडरिख पेचियरलाई ९ जना बिरामीको हत्या गरेको अभियोग लागेको हो ।

उनले बिमारीलाई बेहोस पार्ने क्रममा विष दिने गरेको र यसबाट बिमारी मृत्युको मुखमा जाने गरेका थिए । त्यसपछि ती चिकित्सकले ‘वीरतापूर्वक’ उपचार गरी बिमारीलाई मुत्युको मुखबाट फर्काउने गरेका थिए ।

अधिकारीहरुले छानबिन गरेका ६६ मध्ये २४ शंकास्पद उपचारमा चिकित्सकले बिमारीलाई पोटासियम क्लोराइड नामक खतरनाक पदार्थ दिएका थिए । पोटासियम क्लोराइडले मानिसलाई हृदयघात गराउने बताइन्छ ।

पोटासियम क्लोराइड दिएको बिरामीलाई हृदयघात भएपछि मृत्युको मुखमा पुग्ने गरेको र त्यसपछि ती चिकित्सकले बिरामीलाई ‘वीरतापूर्वक’ बचाउने गरेका थिए । तर, उनको यस्तो कर्तुत ९ पटक असफल भएपछि बिमारीको मृत्यु भएको थियो ।

चिकित्सक मनोवैज्ञानिक रुपमा समस्यामा रहेको हुनसक्ने आशंका गरिएको छ ।

ती चिकित्सकले भने आफूले काम गर्ने अस्पतालमा आपराधिक घटना हुने गरेको भएपनि आफू त्यसमा संलग्न नरहेको बताउँदै आएका छन् । यस अभियोगमा दोषी पाइए उनलाई आजीवन कारावासको सजायसम्म हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ४१ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको