'यथास्थितिमा एमसीसी संसदबाट पारित गर्नु हुँदैन' | Khabarhub Khabarhub

‘यथास्थितिमा एमसीसी संसदबाट पारित गर्नु हुँदैन’


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लोहनीले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने पनि सुझाव दिए ।

लोहनीले नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनले सम्झौताको कार्यान्वयनको क्रममा अमेरिकाको वर्तमान कानून र भविष्यमा बन्ने अमेरिकाको कानून पनि लागू हुनेछ भनिएकोमा आपत्ति जनाए ।

एमसीसी नेपालले काम गर्दा पनि एमसीसीको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको पनि उनले बताए । लोहनीले नेपालले शान्त कुटनीति अपनाएर अमेरिकाको पनि विश्वास लिएर एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए ।

फरक प्रसंगमा उनले आफ्नो पार्टी अब महाधिवेशनको तयारीमा जुटेको जानकारी दिए । आफूहरुले मुलुकमा संवैधानिक राजसंस्था आवश्यकत्ता रहेको कुरा उठाउँदै आएको पनि लोहनीले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ०१ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि