ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता « Khabarhub

ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमार नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेको छ ।

सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष सुमारले एमसीसी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत पूर्वाधार निर्माणका लागि एमसीसीबाट अनुदानस्वरुप सहयोग हुने उनले बताएकी थिइन ।

भेटमा उर्जामन्त्री भुसालले राजनीतिक सहमतिका आधारमा नै एमसीसीका बारेमा निर्णय हुने जवाफ दिएकी थिइन् ।  बिहीबार नेपाल आएको एमसीसीको टोलीले विभिन्न दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : १७ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र