सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो टर्च र्‍याली (फोटोफिचर) | Khabarhub Khabarhub

सरकार कहाँ छ ? भन्दै युवा संघले निकाल्यो टर्च र्‍याली (फोटोफिचर)


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार कहाँ छ ? भन्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा टर्च र्‍याली निकालेको छ ।

सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल देखि नयाँ बानेश्वरसम्म टर्च र्‍यालीको आयोजना गरेको हो ।

र्‍याली नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुग्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

झडपका कारण केहीवे वानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । झपडका क्रममा केही घाइते भएका छन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्ध नारावाजी समेत गरेका थिए । त्यस्तै उनीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।

आजै सरकारविरुद्ध एमालेले सदनमा र भ्रातृ संगठनले सडकमा विरोध जनाएका हुन् ।

हेरै तस्वीर

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : २४ बजे

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ ।

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले

भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै

काठमाडौं- जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको मध्य बानेश्वरमा रहेको भिनस अस्पतालमा

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन्

जेन जीको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा 

काठमाडौं– जेन जीको प्रदर्शनमा घाइतेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड