प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो ।

नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष नेपाल आएकी हुन् । बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिएकी फातिमाले प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका अध्यक्षहरुसँग भेटेकी थिइन् ।

ती सबै भेटमा एमसीसी कम्प्याक्ट अनुमोदन गर्न सहयोग मागेकी उनले शुक्रबार प्रधानमन्त्री देउवासँगको भेटमा पनि अनुमोदनबारे चासो राखेकी छन् । प्रधानमन्त्री देउवा र एमसीसी प्रतिनिधिमण्डलबीच एमसीसीले नेपालको आर्थिक विकास दिने योगदानबारे चर्चा भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

एमसीसी अनुमोदन नगर्न सत्तारुढ गठबन्धनकै दलहरुभित्र दबाब रहेकाले प्रधानमन्त्री देउवा चेपुवामा परेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ३५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र