अधुरै रह्यो रकुलको कण्डम टेस्टर चाहना | Khabarhub Khabarhub

अधुरै रह्यो रकुलको कण्डम टेस्टर चाहना


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री रकुल प्रीत सिंह र रानी स्क्रुवालाको आरएसवीपी फिल्म ‘छतरीवाली’को केही समय अघि घोषणा गरिएको थियो । यो फिल्मलाई लिएर अभिनेत्री रकुल निकै उत्साहित थिइन् । किनकी फिल्ममा उनले कण्डम टेस्टरको भूमिका निभाउने तयारीमा थिइन् ।

तर अब उनको उत्साहमा बिराम लागेको छ । आफ्नो करियरको निकै चुनौतिपूर्ण भूमिका भन्दै आएकी रकुल त्यतिबेला दुःखी भइन्, जुन बेला निर्माताले फिल्म निर्माण हुने जानकारी दिए ।

यद्यपि निर्माण पक्षले फिल्म बन्द गरिएको बारे केही घोषणा नगरे पनि फिल्मसँग जोडिएको एक पक्षले भने यो कुरालाई स्वीकार गरेको छ । हालै रिलिज भएको अपारशक्ति खुराना अभिनित फिल्म ‘हेलमेट’को कथा ‘छतरीवाली’सँग मिल्ने भएकाले फिल्म निर्माणको काम रोकिएको हो ।

‘हेलमेट’को कथा राम्रो भए पनि फिल्मले बक्सअफिसमा सफलता पाउन सकेन । जसकारण ‘छतरीवाली’को निर्माण पक्षले फिल्मको काम बन्द गरेको हो ।

कण्डम टेस्टरको बारेमा कमैलाई थाहा होला । कण्डम उत्पादक कम्पनीले १८ वर्षमाथिका व्यक्तिलाई अनुबन्ध गरेर कण्डमको प्रयोग गर्न लगाउछ । कम्पनीले कण्डमको नयाँ भर्सन सार्वजनिक गर्नासाथ कण्डम टेस्टरले त्यसको प्रयोग गर्दछ । उसले कण्डम लगाएर यौन सम्पर्क गर्दा कण्डमको टिकाउको बारेमा जानकारी दिन्छ ।

रकुलको कामको कुरा गर्दा उनी चाँडै नै अभिनेता अर्जुन कपूरका साथ फिल्म ‘सरदारका ग्राण्डसन’मा देखिँदैछिन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । फिल्म ओटीटीमा मे १८ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ५७ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय