अधुरै रह्यो रकुलको कण्डम टेस्टर चाहना « Khabarhub

अधुरै रह्यो रकुलको कण्डम टेस्टर चाहना


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री रकुल प्रीत सिंह र रानी स्क्रुवालाको आरएसवीपी फिल्म ‘छतरीवाली’को केही समय अघि घोषणा गरिएको थियो । यो फिल्मलाई लिएर अभिनेत्री रकुल निकै उत्साहित थिइन् । किनकी फिल्ममा उनले कण्डम टेस्टरको भूमिका निभाउने तयारीमा थिइन् ।

तर अब उनको उत्साहमा बिराम लागेको छ । आफ्नो करियरको निकै चुनौतिपूर्ण भूमिका भन्दै आएकी रकुल त्यतिबेला दुःखी भइन्, जुन बेला निर्माताले फिल्म निर्माण हुने जानकारी दिए ।

यद्यपि निर्माण पक्षले फिल्म बन्द गरिएको बारे केही घोषणा नगरे पनि फिल्मसँग जोडिएको एक पक्षले भने यो कुरालाई स्वीकार गरेको छ । हालै रिलिज भएको अपारशक्ति खुराना अभिनित फिल्म ‘हेलमेट’को कथा ‘छतरीवाली’सँग मिल्ने भएकाले फिल्म निर्माणको काम रोकिएको हो ।

‘हेलमेट’को कथा राम्रो भए पनि फिल्मले बक्सअफिसमा सफलता पाउन सकेन । जसकारण ‘छतरीवाली’को निर्माण पक्षले फिल्मको काम बन्द गरेको हो ।

कण्डम टेस्टरको बारेमा कमैलाई थाहा होला । कण्डम उत्पादक कम्पनीले १८ वर्षमाथिका व्यक्तिलाई अनुबन्ध गरेर कण्डमको प्रयोग गर्न लगाउछ । कम्पनीले कण्डमको नयाँ भर्सन सार्वजनिक गर्नासाथ कण्डम टेस्टरले त्यसको प्रयोग गर्दछ । उसले कण्डम लगाएर यौन सम्पर्क गर्दा कण्डमको टिकाउको बारेमा जानकारी दिन्छ ।

रकुलको कामको कुरा गर्दा उनी चाँडै नै अभिनेता अर्जुन कपूरका साथ फिल्म ‘सरदारका ग्राण्डसन’मा देखिँदैछिन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । फिल्म ओटीटीमा मे १८ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ५७ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा