चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो | Khabarhub Khabarhub

चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । शनिबार हुम्ला सदरमुकाम सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँगको छलफलपछि टोली सीमा क्षेत्र प्रस्थान गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खबरहबलाई जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि त्यसतर्फ गएको छ । अध्ययन टोलीले १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्नेछ ।

गत वर्ष लिमी क्षेत्रमा चीनले नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । त्यतिबेला तत्कालीन हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले चीनले नेपाली भूमिमा भवन भएको देखिएको बताएका थिए । तर, तत्कालीन ओली सरकारले भने चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । चीनले पनि कुनै सीमा विवाद नरहेको बताएको थियो ।

तर, तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले सीमा क्षेत्रको अवलोकनपछि चीनले सीमा मिचेको कांग्रेस केन्द्रीय कार्यालयमा प्रतिवेदन दिएको थियो । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेका बेला विवाद अध्ययनका लागि समिति गठन भएपछि पनि चीनले सीमा विवाद नरहेको बताएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : २२ बजे

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल