श्रीलङ्काकाे केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा | Khabarhub Khabarhub

श्रीलङ्काकाे केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार राजीनामा दिएका छन् । केन्द्रीय बैंक प्रमुख डब्ल्यूडी लक्ष्मणले राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । १० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मंगलबारदेखि पदबाट हट्ने बताएका छन् ।

लक्ष्मणले राष्ट्रपति गोताबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए

उनले संवाददाताहरूसँग भने, ‘गत हप्तादेखि सञ्चारमाध्यममा अप्रिय रिपोर्टहरू आएका छन्, केही राजनीतिक मुद्दाहरू छन्, केही व्यक्तिगत मुद्दाहरू छन् । साधारणतया, मेरो योजनाअनुसार काम गर्न सजिलो थिएन ।’ पछिल्लो समय विदेशी विनिमय संकट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ ।

वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिएका हुन् । अधिकांश निजी बैंकले आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको घोषणा गरेका थिए ।

पछिल्ला दिन श्रीलंकाका प्रमुख सहरमा चिनी र चामल किन्न दैनिक उपभोग्य पसलमा सर्वसाधारणको लामो लाइन देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितीका लागि गाडी, खाना पकाउने केही तेल, मसला र अन्य सामान आयातमा रोक लगाइसकेको छ । बिहीबार केन्द्रीय बैंकले मोबाइल फोन, उपभोग्य वस्तु, टायर र लत्ताकपडाको आयातका लागि ऋण नदिने नियम ल्याएको छ ।

श्रीलंकामा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत पर्यटन क्षेत्र कोरोना महामारीले प्रभावित भएपछि श्रीलंकाको अर्थतन्त्र ३।६ प्रतिशतले घटेको छ । सरकारी तथ्याङ्कले देखाएअनुसार जुलाइको अन्तमा विदेशी मुद्राको सञ्चिती २.८ अर्ब अमेरिकी डलरमा झरेको छ । एएनआई

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : २० बजे

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

काठमाडौं– जेन–जी आन्दोलनपछि अहिले ठूला दलका शीर्ष नेताहरू घेराबन्दीमा छन् ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौं– रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

नौगाड– तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त

कञ्चनपुरमा चाडपर्व सुरक्षित र मर्यादित ढङ्गले मनाउन आग्रह

कञ्चनपुर– बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले