मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन | Khabarhub Khabarhub

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् ।

पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

विसं २०६२ मा मलेसिया जानुभएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ ।

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गरेका हुन् ।

राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताए । उनले भने, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको छ ।”

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिने गरेपनि त्यसपछि कुराकानी हुन छाडेको उनले बताए । अहिले कहाँ र कस्तो अवस्था छ, कुनै आपत्विपद परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ ।

लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजीतकी भाउजु सम्झना विकले बताए ।

सोह्र वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजीत मलेसियाको सेलेङ्गर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजीतका आफन्त विष्णुराम विकले बताए ।

चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ । सर्वजीतलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजीतको अवस्था पत्ता नलागेको विकले बताए ।

विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १ : ०१ बजे

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै

काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका