चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७० « Khabarhub

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ ।

केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।

सङ्क्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताए ।

उनका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ । ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सङ्क्रमण शून्य छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः सङ्क्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन् । सङ्क्रमण घटे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।

“स्वास्थ्य सुरक्षा सावधानी अपनाउने कुरामा हरेक व्यक्ति स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ”, उनले भने, “सङ्क्रमणस्थिर भएसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन्, धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा चारजना सङ्क्रमित उपचाररत छन् । सङ्क्रमण उच्च हुँदा दैनिक ३५/४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो ।

अहिले अवस्था केही सहज छ । अस्पतालमा गम्भीर बिरामी पनि कम छन् । सङ्क्रमितमध्ये ८० जना घरमै एकान्तबासमा छन् ।

यस्तै कोरोना सङ्क्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ५९ जनाले ज्यान गुमाउनुपरेको छ ।

सो अवधिमा सङ्क्रमित हुनेको सङ्ख्या पनि पहिलो लहरको भन्दा बढी छ । गत वैशाख १ गतेदेखि यता छ हजार ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । जिल्लामा पहिलो पटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता सात हजार बढीमा कोरोना देखिइसकेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ३७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज