कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित) « Khabarhub

कांग्रेस महाधिवेशन : १६५ निर्वाचन क्षेत्रबाट ४१२५ प्रतिनिधि चयन हुने (सूचीसहित)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशका १६५ निर्वाचन क्षेत्रबाट ४१२५ जना प्रतिनिधिले भाग लिनेछन् । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनमा समानुपातिक समावेशी समूहबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुबारेसमेत टुंगो लागेको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालका अनुसार कुल प्रतिनिधिमध्ये ६० प्रतिशत खुल्ला प्रस्प्रिर्धाबाट चयन हुनेछन् भने ४० प्रतिशत समानुपातिक समावेशी कोटाबाट चयन हुनेछन् । खुला प्रतिस्पर्धाबाट २४७५ जना र समानुपातिक कोटाबाट १६५० जना प्रतिनिधि चयन हुनेछन् ।

समानुपातिक कोटाको पनि प्रतिशत टुंगो लगाइएको छ । डा. रिजालका अनुसार आदिवासीबाट ४९८ (३०.२ प्रतिशत) जना, मधेहीबाट २२७ (१३.८ प्रतिशत) , दलितबाट २३२ (१४.१ प्रतिशत), थारुबाट ९४ (५.७ प्रतिशत), मुस्लिमबाट ७२ (४.४ प्रतिशत) र खश आर्यबाट ५२७ (३१.९ प्रतिशत) जना प्रतिनिधि चयन हुनेछन् ।

यस्तै १३०४ जना (३१.६ प्रतिशत) महिलाले महाधिवेशनमा भाग लिने छ । खुल्ला महिलाबाट ६६० र समानुपातिक कोटाबाट ६४४ जना महिला प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति तथा भातृ संस्थाबाटसमेत महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले त्यो संख्याबारे भने टुंगो लागेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ०४ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी