यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु | Khabarhub Khabarhub

यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरेको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन् ।

यमनको मारिब प्रान्तमा गरिएको उक्त हमलामा २० बिद्रोही मारिएको सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ ।

राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।

यसैबीच, हुथीद्वारा सञ्चालित अलमसिरा टिभीले शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ हवाई हमला भएको जनाएको छ तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने बिषयमा विवरण दिएको छैन ।

गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अलकुलामा प्रवेश गरेका थिए ।

इरान समर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेल सम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ०५ बजे

‘अपरेसन सिन्दुर’ का दिन बिहारमा जन्मेकी शिशुको नाम राखियो सिन्दुरी

काठमाडौं– भारतले बुधबार पाकिस्तानी भूमिमा ‘अपरेसन सिन्दुर’ नामक कारवाही गर्‍यो

‘नीति तथा कार्यक्रम संशोधनीय दस्तावेज हो, सकारात्मक सुझाव समेटौँ’

काठमाडौं– सङ्घीय संसद्मा छलफलको क्रममा रहेको सरकारको आगामी आर्थिक वर्ष

धर्मशालामा हुने आईपीएलको खेल नरोकिने, पञ्जाब र दिल्ली भिड्दै

नयाँदिल्ली- इन्डियन प्रिमियर लिग (आईपीएल) का अध्यक्ष अरुण धुमलकाले हिमाचल

भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी

काठमाडौं– पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ

वीरगञ्ज- पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा