उत्तर कोरियाद्वार ‘क्रुज’ मिसाइल परीक्षण, छिमेकी मुलुकलाई खतरा भएको अमेरिकाको टिप्पणी « Khabarhub

उत्तर कोरियाद्वार ‘क्रुज’ मिसाइल परीक्षण, छिमेकी मुलुकलाई खतरा भएको अमेरिकाको टिप्पणी


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने मिसाईल परीक्षण गरेको छ ।

प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो ।

उत्तर कोरियाको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा निम्त्याएको अमेरिकाले टिप्पणी गरेको छ ।

‘उत्तरको पछिल्लो गतिविधिले उसले आफ्नो सैन्य कार्यक्रमलाई निरन्तर विकास गरेको र छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई खतरा निम्त्याएको देखिन्छ,’ अमेरिकी हिन्द–प्रशान्त कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिसाइल परीक्षण सफल भएको र यसले उत्तरलाई शत्रुबिरुद्ध लड्ने अर्को प्रभावकारी कवच प्रदान गरेको प्योङयाङको दाबी छ । मिसाइल परीक्षणलाई उत्तर कोरियाले ‘ठूलो महत्व राख्ने रणनीतिक हतियार’ भनेको छ ।

विज्ञहरुका अनुसार उत्तरको पछिल्लो परीक्षणले उसको आणविक हतियार प्रविधिमा थप प्रगति भएको देखाउछ । उत्तरको मिसालइलले दक्षिण कोरिया र जापानको प्रतिरक्षा प्रणाली छिचोल्न सक्ने उनीहरुको अनुमान छ ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार प्योङयाङले शनिबार र आईतबार सो परीक्षण गरेको थियो । सो मिसाईल १५ सय किलोमिटर दूरी पार गरी उत्तर र दक्षिणको सीमानजिकको खसेको थियो ।

उत्तरका प्रतिबन्धलाई लिएर प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : १६ बजे

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र