चिनियाँ पनडुब्बी जहाज आफ्नो समुद्री इलाकामा घुसपैठ  गरेको जापानको आरोप « Khabarhub

चिनियाँ पनडुब्बी जहाज आफ्नो समुद्री इलाकामा घुसपैठ  गरेको जापानको आरोप


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  छिमेकी मुलुकहरुमा सीमा अतिक्रमणको आरोप खेप्दै आएको चीनले आफ्नो समुद्री इलामा पनडुब्बी जहाज घुसपैठ गराएको जापानले आरोप लगाएको छ ।

पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको जापानले आरोप लगाएको हो ।

जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको निगरानीका क्रममा चिनियाँ जहाजले आफ्नो क्षेत्रमा घुसपैठ गरेको जनाएको हो ।

‘चिनियाँ जहाजहरु नियमित जापानी क्षेत्रमा गुज्रिरहेका छन् । पनडुब्बी घुसपैठ एक सामान्य घटना होइन’, जापानले भनेको छ ।

पनडुब्बी जहाजको गतिको निगरानीका लागि जापानले एक युद्धपोत र विमान पठाइएको पनि जनाएको छ । चीनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । पूर्वी चीन सागरका केही टापुहरुमा दुई देशबीच सीमा विवाद छ ।

स्रोत : वासिङ्टन पोष्ट

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : २५ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ