निर्देशक सुमनलाई एनआरएनएको सम्मान « Khabarhub

निर्देशक सुमनलाई एनआरएनएको सम्मान


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा रहेर नेपाली गीतसंगीत, कला संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएका फिल्म तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो ।

सुमन पाँच वर्षयता क्यान्टकीको ल्याक्सिङटनमा रहेर भिडियो निर्देशन र विभिन्न सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । कार्यक्रममा एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोस्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुली, एनआरएनए क्यान्टकीका पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई ‘एनआरएनए मुभमेन्ट सम्मान’बाट सम्मानित गरिएको थियो ।

यस्तै नृत्यतर्फ बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयमसेवकहरु सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई ‘युथ स्पोर्ट अवार्ड’ प्रदान गरिएको थियो ।

यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा २०१८ देखि २०२१सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठीले सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाइटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायतको उपस्थिति थियो ।

एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिव अर्जुनकिशोर न्यौपानेले सञ्चालन गरेको सम्मान कार्यक्रममा कलाकार बारुणी पान्डेले नृत्य र विष्णु डुम्रेले गायन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ११ : ०७ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन