सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट | Khabarhub Khabarhub

सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी गायिका ब्रिटनी स्पीयर्स पुनः एकपटक आफ्नो रोमान्सलाई लिएर चर्चामा छिन् । हालैमात्र उनले सामाजिक सञ्जालमा प्रेमी साम असगरीसँग इन्गेजमेन्टको घोषणा गरेकी छन् ।

३९ वर्षीया ब्रिटनीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनीसँग प्रेमी साम पनि उपस्थित छन् । उनले हिराको औठी लगाएकी छन् । सेमले पनि आफ्नो इन्स्टाग्राम एकाउण्टमा ब्रिटनीको हातमा औठी लगाएको तस्वीर राखेका छन् ।

ब्रिटनी र सामको भेट सन् २०१६ मा म्यूजिक भिडियो ‘स्लम्बर पार्टी’को सुटिङको समयमा भएको थियो । यो भेटपछि उनीहरु मिल्ने साथी भए र पछि उनीहरुले एकअर्कालाई प्रेमीप्रेमिकाका रुपमा चिनाए ।

ब्रिटनीको यो पहिलो विवाह होइन । उनले यसअघि र्यापर केविन फेडरलिनसँग विवाह गरिसकेकी छन् । केविनबाट उनीहरुको दुई सन्तान छन् । त्यसपछि उनीहरु दुवैले सम्बन्धविच्छेद गरे ।

त्यसपछि उनले अमेरिकी अभिनेता तथा कमेडियन जेसन अलेक्जेण्डरसँग विवाह गरिन् । उनको यो विवाह केवल ५५ घण्टामै टुटेको थियो ।

सामको कुरा गर्दा २७ वर्षका उनी इरानमा जन्मिएका हुन् । उनी इरानी मूलका अमेरिकी पर्सनल ट्रेनर हुन् सँगै अभिनेता पनि । १२ वर्षको उमेरमा उनी इरान छोडेर लसएञ्जल्स आएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ०० बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच