एमाले सर्वदलीय बैठकमा नआउनु भनेको निहुँ खोज्नु हो : सभामुखको सचिवालय « Khabarhub

एमाले सर्वदलीय बैठकमा नआउनु भनेको निहुँ खोज्नु हो : सभामुखको सचिवालय


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी गराएका बेला सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने स्पष्ट पारेको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले उपस्थित नभए पनि बैठक बस्ने जानकारी दिए । ‘उहाँहरु नआए पनि बैठक बस्छ । तर अझै समय छ । कोही आउँछन् होला,’ उनले भने ।

सभामुखको सचिवालयका एक सदस्यले आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने अनि बोलाएको बैठकमा पनि नआउने भनेर एमालेले जहाँबाट पनि निहुँ खोज्ने काम गरेको गुनासो गरे ।

‘सम्वाद भएन भन्ने सम्वादमा पनि नआउने उल्टो उल्टो कुरा गर्न पाइएन । संसद सञ्चालनका लागि सम्वाद भएन भनेपछि हिजो पनि सम्वाद गरियो । आज सर्वपक्षीय छलफलमा नआउने भनेपछि त्यो भन्दा घोर अप्रजातान्त्रिक केही हुन्छ र ?’ उनले प्रश्न गरे ।

एमालेले निकास नै नचाहेको उनको आरोप छ । ‘उहाँहरुले हिजो पनि त्यहीँ गर्न खोज्नुभयो आज पनि त्यहीँ गर्न खोज्नुभयो भने निकास त दिँदैन । वादविवाद भएपछि सम्वाद गर्नुपर्छ । बैठक बोलाउँदा आउनुहुन्न भने उहाँहरुले निकास चाहनुहुन्न निहुँ खोजिरहनुपर्छ भन्ने देखिन्छ, उनले भने ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ५४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ