एमाले सर्वदलीय बैठकमा नआउनु भनेको निहुँ खोज्नु हो : सभामुखको सचिवालय | Khabarhub Khabarhub

एमाले सर्वदलीय बैठकमा नआउनु भनेको निहुँ खोज्नु हो : सभामुखको सचिवालय


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी गराएका बेला सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने स्पष्ट पारेको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले उपस्थित नभए पनि बैठक बस्ने जानकारी दिए । ‘उहाँहरु नआए पनि बैठक बस्छ । तर अझै समय छ । कोही आउँछन् होला,’ उनले भने ।

सभामुखको सचिवालयका एक सदस्यले आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने अनि बोलाएको बैठकमा पनि नआउने भनेर एमालेले जहाँबाट पनि निहुँ खोज्ने काम गरेको गुनासो गरे ।

‘सम्वाद भएन भन्ने सम्वादमा पनि नआउने उल्टो उल्टो कुरा गर्न पाइएन । संसद सञ्चालनका लागि सम्वाद भएन भनेपछि हिजो पनि सम्वाद गरियो । आज सर्वपक्षीय छलफलमा नआउने भनेपछि त्यो भन्दा घोर अप्रजातान्त्रिक केही हुन्छ र ?’ उनले प्रश्न गरे ।

एमालेले निकास नै नचाहेको उनको आरोप छ । ‘उहाँहरुले हिजो पनि त्यहीँ गर्न खोज्नुभयो आज पनि त्यहीँ गर्न खोज्नुभयो भने निकास त दिँदैन । वादविवाद भएपछि सम्वाद गर्नुपर्छ । बैठक बोलाउँदा आउनुहुन्न भने उहाँहरुले निकास चाहनुहुन्न निहुँ खोजिरहनुपर्छ भन्ने देखिन्छ, उनले भने ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ५४ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र