कमाण्डो शैलीमा विद्युतले गरे इन्गेजमेन्ट | Khabarhub Khabarhub

कमाण्डो शैलीमा विद्युतले गरे इन्गेजमेन्ट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता विद्युत जामवालले अन्ततः फेसन डिजाइनर नन्दिता मेहतानीका साथ आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । उनले नन्दितासँग कमाण्डो शैलीमा इन्गेजमेन्ट गरेका छन् ।

यद्यपि विद्युत र नन्दिताको यो इन्गेजमेन्ट सेप्टेम्बर १ मा भए पनि हाल आएरमात्र उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट भएको औपचारिक रुपमा जानकारी दिएका हुन् ।

‘कमाण्डो शैलीमा इन्गेजमेन्ट गरें’, विद्युतले सामाजिक सञ्जालमा लेखेका छन् । विद्युतले सार्वजनिक गरेको फोटोमध्ये एक फोटोमा उनीहरु भित्तामा चढ्दै गरेका छन् भने अर्को फोटोमा उनीहरु ताजमहलमा उभिएका छन् ।

विद्युतले नन्दितालाई कमाण्डो शैलीमा प्रपोज गरेर औठी लगाइदिएका थिए । सैनिक परिवारको पृष्ठभूमि भएका विद्युतले एक विशेष शैलीमा इन्गेजमेन्ट गर्ने निर्णय लिएपछि आगरा नजिकै एक सैनिक क्याम्पमा पुगेर नन्दितालाई औठी लगाइदिए । उनीहरु दुवैले कमाण्डो शैलीमा भित्तामा चढ्दै इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : ४३ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच