ब्रिटिस अभिनेत्री तान्या वेपत्ता | Khabarhub Khabarhub

ब्रिटिस अभिनेत्री तान्या वेपत्ता


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– ब्रिटिस अभिनेत्री तान्या फियर लसएञ्जल्सबाट वेपत्ता भएकी छन् । सन् २०१८ मा बीबीसीको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा देखिएकी ३१ वर्षीया अभिनेत्री तान्या पछिल्लोपटक बिहीबार देखिएकी थिइन् ।

उनको परिवार तथा साथीका अनुसार उनको खोजी गर्न सामाजिक सञ्जालमा ‘ह्यासट्यागफाइण्डतान्याफियर’ अभियान चलाइएको छ ।

अभिनेत्रीकी मेनेजर एलेक्स कोलले आफूले गत साता उनलाई भेट्दा उनको अवस्था ठिक रहेको बताए । ‘उनीमाझ ठूलो करियर थियो, जसलाई उनले सुरुवाती मानेकी थिइन्’, एलेक्सले भनेका छन्, ‘हामी अहिले निकै चासोपूर्वक उनको खोजी गरिरहेका छौं ।’

तान्याको वास्तविक नाम तान्याराड्जवा फियर हो । उनले टेलिभिजनको ‘स्पोटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बेङ्कस’ र ‘मिडसोमर मर्डस्’मा अभिनय गरेकी छन् । यसबाहेक उनले फिल्म ‘किक–एस २’ मा पनि अभिनय कला देखाएकी छन् । उनी हालैमात्र स्टेण्डअप कमेडीमा देखिएकी थिइन् ।

लसएञ्जल्सको प्रहरी विभागले उनी वेपत्ता भएको पुष्टि गर्दै गत बिहीबार उनी वेपत्ता भएको उजुरी विभागमा परेको जनाएको छ । अभिनेत्रीको परिवारका अनुसार उनलाई पछिल्लोपटक ट्रेडर जोयको ग्रोसरी स्टोरमा देखिएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : १५ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच