डडेल्धुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह | Khabarhub Khabarhub

डडेल्धुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट नेताहरुको सोमबार बसेको बैठकले डडेल्धुरामा यही भदौ २५ गते भएको वडा अधिवेशन अस्वीकार्य गर्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले बलपूर्वक प्रशासनको दूरुपयोग गरेर गरिएको वडा अधिवेशन अमान्य भएको बताए । पौडेल समूहले जारी गरेको विज्ञप्तिमा डडेल्धुरा वडा अधिवेशन बलपूर्वक गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

पार्टीको जिल्ला कार्य समितिले वडा अधिवेशन नगर्ने निर्णय गरे पनि सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गराएका थिए । जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यको नाम काटिएको र केन्द्रबाट थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने निर्णय गरेका थिए ।

वरिष्ठ नेता पौडेल समूहले सभापति देउवालाई भेटेरै वडा अधिवेशन रोक्न माग गरेको थियो । तर, प्रहरीको परिचालन गरी वडा अधिवेशन सम्पन्न गरिएको थियो । सो अधिवेशनलाई मान्यता नदिइ पुनः अधिवेशन गराउन पौडेल समूहले माग गरेको छ ।

पौडेल समूहले सुनसरीलगायतका जिल्लामा पनि प्रशासनको दुरुपयोग गरिएको भन्दै कांग्रेसको इतिहासमै यसरी प्रशासनको दुरुपयोग नभएको भन्दै लाजमर्दो भएको टिप्पणी गरेको छ । अझै २० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै नेतृत्वको आलोचना गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ५६ बजे

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट

दुई बुँदे सहमतिअनुसार समिति गठन गरेको भन्दै माओवादीले दियो सरकारलाई धन्यवाद

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री