१४ सांसद पदमुक्त नभएसम्म संसद् चल्न दिन्नौँ :  एमाले | Khabarhub Khabarhub

१४ सांसद पदमुक्त नभएसम्म संसद् चल्न दिन्नौँ :  एमाले

अवरोध छिचोलेर बजेट अध्यादेश पास गर्ने सरकारी तयारी


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने भएको छ ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ ।

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ ।’

उनका अनुसार सर्वदलीय बैठकमा दलहरूले दिएको सुझावलाई पनि सभामुख सापकोटाले स्वीकार गरेका छैनन् ।

‘हिजो सर्वदलीय बैठकमा दलहरूले दिएको सुझाव पनि उहाँले स्वीकार गर्नु भएको छैन, अहिलेसम्म एमालेसँग उहाँले संवाद बढाउनु भएको छैन्,’ भट्टराईले भने, ‘संवाद र छलफलबाट उहाँ भागिरहनु भएको छ, सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नु भएको छैन ।’

संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने उनको भनाइ छ ।

अवरोध छिचोलेरै बजेटको प्रतिस्थापन विधेयक पास गर्ने तयारी

आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सरकारी पक्षले भने अवरोध छिचोलेरै बजेटको प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरेको छ ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले थपघट गरेको छ ।

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ०४ बजे

हुम्लाबाहेक देशका सबै जिल्लामा पुग्यो डेंगु

काठमाडौं– हुम्लाबाहेक देशभर डेंगु रोगको सङ्क्रमण देखिएको छ । डेंगी

सहकारी प्रकरणमा पक्राउ पूर्वडीआईजी जोशीलाई पोखरा लगिँदै

काठमाडौं- सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा काठमाडौंको शंखमूलबाट

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ

नेपालले भुटानको सफल जलविद्युत विकासबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भुटानका ऊर्जा तथा

अर्थसंक्षेप : मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली, दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं- चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको