लसएञ्जल्समा भेटिइन् अभिनेत्री तान्या | Khabarhub Khabarhub

लसएञ्जल्समा भेटिइन् अभिनेत्री तान्या


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– गत साताबाट हराइरहेकी ब्रिटिस अभिनेत्री तान्या फियर लसएञ्जल्समा भेटिएकी छन् । लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अनुसार ३१ वर्षीया अभिनेत्री सुरक्षित छिन् । उनको बारेमा अन्य केही जानकारी प्रहरीले दिएको छैन ।

अभिनेत्रीको परिवारले एक विज्ञप्ती जारी गर्दै तान्या भेटिएकोमा तनावमुक्त रहेको र प्रहरी धन्यवादको पात्र रहेको उल्लेख गरेका छन् ।

फियरले सन् २०१८ मा बीबीसीयको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा अभिनय गरेकी थिइन् । परिवारका अनुसार उनी गत वर्ष बिहीबार अन्तिमपटक देखिएकी थिइन् ।

तान्याको खोजीका लागि ट्वीटरमा चलाइएको ‘ह्यासट्यागफाइण्डतान्याफियर’का अनुसार परिवारबाट छुटेर उनी हलिउड बल अपार्टमेन्टमा देखिएकी थिइन् । जहाँ उनले आफ्नो मोबाइल र वालेट बोकेकी थिइनन् ।

उनको अंकलले तान्या वेपत्ता भएपछि परिवार चिन्तामा डुबेको बताएका थिए । यो ह्याण्डलले मंगलबार प्रहरी र तान्याको खोजीमा सक्रिय स्थानीयलाई धन्यवाद दिएको छ । ‘हामी बुझ्छौं कि उनलाई शारीरिक रुपमा पीडा भएको छैन । तर पनि हामीले उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्थानीय अस्पताल लागेका छौं’, ह्याण्डलले भनेको छ ।

तान्याको वास्तविक नाम तान्याराज्वा फियर हो । उनले टेलिभिजनको ‘स्पटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बैंक’ र ‘मिडसोमर मर्डस’मा अभिनय गरेकी थिइन् । तान्याले फिल्म ‘किक–एस २’मा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ५१ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका