उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो ।

जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ ।

केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो ।

सो कु्रज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् । (एजेन्सी)

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ४९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले