सामाजिक सञ्जाल प्रयोग नगर्ने ब्रिटनीको घोषणा | Khabarhub Khabarhub

सामाजिक सञ्जाल प्रयोग नगर्ने ब्रिटनीको घोषणा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)–लामो समयदेखिको प्रेमी साम असगरीसँग गत साता इन्गेजमेन्ट गरेकी अमेरिकी पपस्टार ब्रिटनी स्पीयर्सले ‘इन्गेजमेन्ट’को खुशी मनाउन सामाजिक सञ्जालबाट केही समयका लागि बिदा लिने घोषणा गरेकी छन् ।

३९ वर्षीया गायिकाले आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाउदै फ्यानलाई ट्वीटरबाट आफू चाँडै फर्किने भएकाले चिन्ता नलिन आग्रह गरेकी छन् ।

पिता जिमीको ‘कन्जरभेटरसिप’मा १३ वर्षयता रहँदा त्यसकाविरुद्ध अदालतमा मुद्धा चलेपछि त्यसको बारेमा फ्यानलाई अपडेट सूचना दिनका लागि ब्रिटनीले इन्स्टाग्राम एकाउण्ट खोलेकी थिइन् । जिमीको ‘कन्जरभेटरसिप’मा रहँदा उनको व्यक्तिगत जीवन र आर्थिक पक्ष पिताकै नियन्त्रणमा थियो । उनीमाथि सन् २००८ देखि पिताको ‘कन्जरभेटरसिप’को नियम लगाइएको थियो ।

उनले मंगलबार आफ्नो इन्स्टाग्राममा फ्यानलाई ‘मैले १३ वर्ष पर्खेकी छु र मेरो स्वतन्त्रताको गणना गरिरहेकी छु’ भन्दै लेखेकी थिइन् । उनले फ्रि ब्रिटनी अभियानका अभियन्तालाई आफूलाई ‘कन्जरभेटरसिप’बाट मुक्त गरेकोमा धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : १९ बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।