सामुदायिक विद्यालयको सुधारमा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

सामुदायिक विद्यालयको सुधारमा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको बताएका छन् । बुधबार ललितपुरमा नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारी रहे पनि संघीय सरकारले स्रोत साधान र कार्यक्रमसहित विद्यालय शिक्षाको बिकासमा सहयोग गरिरहेको उनको भनाइ छ । उनले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा लाग्न आग्रह पनि गरे । उनले भूकम्पपछि क्षतिग्रस्त भएका अधिकांश विद्यालय पुनर्निर्माण भइसकेको भन्दै बाँकी विद्यालय पनि छिटै पूनर्निर्माण हुने बताए ।

विद्यालयहरुको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको भन्दै पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए ।

जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो । प्राधिकरण अन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म ६ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ३७ बजे

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताको निशानामा नेताको घर : प्रचण्ड निवास नजिकै सुरक्षा बिटमा आगजनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर

कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी

माओवादीले डाकेको विपक्षीको बैठकमा रास्वपा गएन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत