रजनीकान्तको पोस्टरमा रगतको ‘अभिषेक’ | Khabarhub Khabarhub

रजनीकान्तको पोस्टरमा रगतको ‘अभिषेक’


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले दशकौंदेखि फ्यानमाझ आफ्नो वर्चस्व कायम गरेका छन् । रजनीकान्तलाई मनपराउने उनका फ्यानहरुले उनको तस्वीरमा भगवानको रुपमा पूजा गर्छन् ।

हालैमात्र अभिनेताको नयाँ फिल्म ‘अन्नाथाइ’बाट अभिनेताको पहिलो लुक्स सार्वजनिक गरियो । पोस्टर सार्वजनिक हुनासाथ उनका फ्यानले केही यस्ता काम गरे, जुन कल्पनाभन्दा बाहिरको कुरा थियो ।

आफूलाई रजनीकान्तको फ्यान बताउने एक समूहले फिल्मको पोस्टर सार्वजनिक हुनासाथ बाख्राको बलि दिएका छन् । बलि दिनासाथ त्यसको रगतले रजनीकान्तको पोस्टरमा ‘अभिषेक’ गरेका छन् ।

यसको भिडियो ट्वीटरमा भाइरल भएको छ । कतिपयले अभिनेतालाई भगवानको रुप मान्नु ठिक भए पनि उनको नाममा जीवहत्या गर्नु दुःखद रहेको प्रतिक्रिया दिएका छन् ।

रजनीकान्तको फ्यान क्लब अल इण्डिया रजनीकान्त रासिकर मान्दरमका प्रशासक वीएम सुधाकरले घटनाको निन्दा गरेका छन् । यो विषयमा रजनीकान्तले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ४५ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच