एमालेका कारण बजेट पारित नभएको भन्ने भ्रम छरियो : एमाले | Khabarhub Khabarhub

एमालेका कारण बजेट पारित नभएको भन्ने भ्रम छरियो : एमाले


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार समयमै बजेट पारित गर्न नलगानी एमाले फुटाउन अग्रसर भएकाले अहिलेको वित्तिय संकट आएको बताएको छ । एमाले महासचिब ईश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पारित गर्नेतर्फ नलागी देउवा सरकारले दल विभाजनका लागि हठात संसदको अधिवेशन अन्त्य गरेको भन्दै यो सरकार बजेप्रति उदासिन रहेको आरोप लगाएका छन् ।

उनले एमाले विभाजनका लागि अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गरिएको र अहिले कारबाही गरिसकेका १४ जना सांसदलाई पदमुक्त नगरेर सभामुखले एमाले विभाजनलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । यो असहज परिस्थितिका कारण अहिले संसद चल्न नदिइएको उनको टिप्पणी छ ।

सरकार भने अहिले प्रतिपक्षीका कारण बजेट पारित हुन नसकेको भ्रम सिर्जनामा लागेको भन्दै आपत्ति प्रकट गरेका छन् । भदौ ३० गते भित्र बजेट पारित गर्नुपर्ने जान्दाजान्दै असोज ४ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित किन गरियो भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरिएपछि एमाले विभाजन भएको छ । एमाले विभाजनपछि बोलाइएको संसदको अधिवेशनले सहज रुपमा काम गर्न पाएको छैन । एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । जसका कारण सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधयेक पारित हुन नसकेपछि हाल देश बजेटविहीन अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : १९ बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट