मालपोत र भूमिको काम एकै ठाउँबाट | Khabarhub Khabarhub

मालपोत र भूमिको काम एकै ठाउँबाट


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ ।

विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए ।

विसं २०१३ मा निर्माण भएको मालपोत कार्यालयमा भूमि सुधार कार्यालय पनि सञ्चालनमा आउँदा केही समस्या भए पनि त्यसलाई निराकरण गर्दै जाने मालपोत कार्यालयका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।

मालपोतको सेवा अनलाइन भइसकेको छ र केही दिनपछि भूमि सेवा केन्द्र पनि अनलाइनबाट नै सञ्चालन हुँदा सेवाग्राहीको धेरै समस्या समाधार हुने प्रमुख भण्डारीले आज यहाँ पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बताए ।

उनले कार्यालयलाई व्यवस्थित एवं मर्यादित बनाउन सबै कर्मचारीको बल र प्रयासबाट मात्र सम्भव हुने भन्दै मालपोतसँग जोडिएका लेखापढी व्यवसायी पनि काममा इमान्दार बन्नुपर्ने धारणा राखे । अहिलेको स्थानमा रहेको मालपोतले ओगटेको जग्गा जिल्ला अदालतलाई हस्तान्तरण भइसकेको जानकारी दिँदै प्रमुख भण्डारीले अब बन्ने मालपोतको भवन सुविधा सम्पन्न हुने र यसबाट सेवाग्राहीलाई सहज हुने धारणा राखे ।

गएको आर्थिक वर्षमा रु एक अर्ब २४ करोड राजस्व सङ्कलन गर्न सफल यो कार्यालयमा केही दाता एवं स्थानीय तहको सहयोगमा नागरिक विश्राम कक्ष र शौचालय निर्माणका हुनुका साथै कार्यालयमा बाहिरिया पस्न नदिन सबैतिर सिसाले घेरबार गरिएको प्रमुख भण्डारीले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : ३० बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।